काठमाडौं- विशेष अदालतले निजामती कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।
विशेषले मंगलबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो। विशेष अदालतका अध्यक्ष अब्दुल अजिज मुसलमानको उपस्थितमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको अदालतले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
सम्मानित हुनेमा शाखा अधिकृत हिरादेवी पाण्डे, नासु युवराज पन्थी, नासु रुमबहादुर क्षेत्री र कार्यालय सहयोगी मदन श्रेष्ठ रहेका छन्। उनीहरुलाई नगदसहित सम्मान गरिएको थियो।
विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई हौसला दिन सम्मान गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।