• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फूलचोकी–चन्द्रागिरी क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने सरकारको तयारी 

सामुदायिक वन उपभोक्ता महासंघको विरोध
64x64
नेपाल लाइभ मंगलबार, भदौ २२, २०७८  १२:४४
1140x725

काठमाडौं– सरकारले फूलचोकी–चन्द्रागिरी वन क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने तयारी गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ विरोधमा उत्रिएको छ। 

समुदायबाट वर्षौंदेखि संरक्षण र सम्बर्द्धन हुँदै आएको जंगललाई समुदायबाट खोसेर संरक्षित क्षेत्र बनाउन खोजिएको भन्दै महासंघले त्यसको विरोध जनाएको हो।

‘स्थानीय समुदाय र आदिवासी जनजातिहरूको अधिकार कटौती गर्ने गरी विस्तार तथा घोषणा गर्नु गलत हो,’ महासंघकी अध्यक्ष भारती पाठक भन्छिन्, ‘सरकारले यस्ता निर्णय सच्चाएर अघि बढ्नुपर्छ। एकलौटी रुपमा उपभोक्तालाई अधिकारविहीन बनाउन मिल्दैन।’

उनले संघीय सरकार र प्रदेश सरकारले समयमा ध्यान नदिए देशभर रहेका २२ हजार भन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहहरु सशक्त विरोधमा उत्रिन बाध्य हुने चेतावनी दिइन्। 

‘समुदायले संरक्षण गरेर हराभरा बनाएको वन क्षेत्र संघीय सरकारको नियन्त्रणमा राख्ने र निश्चित व्यक्तिको स्वार्थ पूरा गर्नेतिर सरकारको गतिविधि अगाडि बढाउन थालेको हो भने होसियार भए हुन्छ,’ अध्यक्ष पाठकले भनिन्। 

सामुदायिक वन उपभोक्ता महासंघले संरक्षित क्षेत्र (निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र) घोषणा तथा विस्तार गर्ने कार्य तत्काल रोकिनुपर्ने माग अघि सारेको छ। 

नेपालमा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन् र मानव अधिकारको उल्लंघन हुने गरी संरक्षणका नाममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, वातावरण ऐन २०७६ र वन ऐन २०७४ अन्तर्गतका विभिन्न संरक्षित क्षेत्रहरु (निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र) र वन संरक्षण क्षेत्र घोषणा तथा विस्तार गर्ने कार्यलाई तीव्र पारिएको महासंघको दाबी छ। 

महासंघले संघीय सरकार र प्रदेश सरकारहरुबाट हालसम्म नेपालको ४५ प्रतिशत भन्दा बढी भू–भागलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता र सहमतिविपरीत विभिन्न संरक्षित क्षेत्रहरु घोषणा गर्नेगरी केही प्रक्रिया अगाडि बढाइएको भनेको छ। 

Ncell 2
Ncell 2

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव डा. बुद्धिसागर पौडेलले सामुदायिक वनको अधिकार हनन् हुने, केन्द्रिकृत गरिएको भन्ने सत्य नभएको बताए। ‘सरकारले उपभोक्ताहरुको अधिकार हनन् गर्नेगरि, प्रदेश र स्थानीयमा दिएकोलाई केन्द्रमा ल्याउने गरी बनाउन खोजेको होइन,’ उनले भने, ‘कुन कुन क्षेत्र विशेष महत्वका क्षेत्रहरु छन्, त्यस ठाउँमा थप संरक्षणका कामहरु गर्न खोजिएको हो।’ 

उनले फूलचोकी–चन्द्रागिरी क्षेत्रलाई विभिन्न मोडलमा संरक्षित क्षेत्र बनाउने हिसाबले काम भइरहेको बताए। वन ऐन अन्तर्गत संरक्षित क्षेत्र बनाउन सकिने भएकाले त्यसबाट उपभोक्ताको कुनै अधिकार कटौती नहुने उनको तर्क छ। 

‘विशेष कार्ययोजना बनाएर संरक्षणका कामहरु गरिन्छ। उपभोक्ताकै सल्लाहमा काम हुन्छ,’ उनले थपे, ‘अध्ययन गरिरहेका छौं। केही महिना अघि महाशाखा प्रमुखको अध्यक्षतामा बनेको कमिटीले पनि अध्ययन गरेको छ।’

निकुञ्ज, आरक्ष बनाउने अधिकार कटौती गर्ने र केन्द्रिकृत गर्ने भन्ने कुनै वन मन्त्रालयको योजना नरहेको उनले बताए। 

महासंघले मानव अधिकार, लोकतन्त्र र सामुदायिक अधिकार विरोधी कानुनको रुपमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरेर संरक्षित क्षेत्रसम्बन्धी तत्काल नयाँ ऐन बनाउनुपर्ने बताएको छ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पौडेलले सर्वोच्च अदालतको परमादेश अन्तर्गत नै फूलचोकीक्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउन लागिएको बताए। 

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, नारायण बेल्बासे, आलोक पोखरेल र जनहित संरक्षण मञ्चकै प्रवीण सुवेदीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ वैशाख ३ गते सरकारका नाममा परमादेश जारी गरेको थियो। न्यायाधीश सुशीला कार्की (पछि प्रधानन्यायाधीश), गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले परमादेश जारी गरेको थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग मन्त्रालय, वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालय, खानी तथा भूगर्भ विभाग, वन विभाग र गोदावरी मार्वल इण्डष्ट्रिजलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो। 

‘पर्यावरण संरक्षणका दृष्टिले अति महत्तवपूर्ण फूलचोकी गोदावरी क्षेत्रको जलवायु, जैविक विविधता, प्राकृतिक सौन्दर्य, भौगोलिक र भौगर्भिक अवस्था, पारिस्थिकीय प्रणाली, दुर्लभ एवं संकटासम्पन्न जीवजन्तु, वनस्पति र ऐतिहासिक धार्मिक सांस्कृतिक महत्त्वसमेतका दृष्टिकोणबाट सो क्षेत्र र मानव बस्तीको बीचमा सीमा कायम गर्दा ती सबैको नक्सा खडा गरी उक्त क्षेत्रलाई वातावरण संरक्षण ऐन, २०५३ को दफा १० (१) अनुसार आदेश प्राप्त भएको मितिले एक वर्षभित्र संरक्षित क्षेत्र वा अन्य प्रचलित नेपाल कानुन बमोजिम आरक्ष वा निकुञ्ज वा जे जे उपयुक्त हुन्छ घोषणा गर्नु भनी परमादेश जारी गरिदिएको छ,’ सर्वोच्चको फैसलामा भनिएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्