Photo : Thomson/Reuters
काठमाडौं- अफगान शरणार्थीहरुको पहिलो समूह कोसोभो पुगेको छ। उनीहरु आइतबार कोसोभो पुगेका हुन्।
कोसोभोले उनीहरुलाई अस्थायी रुपमा संयुक्त राज्य अमेरिकामा स्थानान्तरण नभएसम्म आश्रय दिने बताएको छ।
अमेरिकी अधिकारीहरुका अनुसार विमानमा १११ जना सवार थिए। जसमा मुख्यतः महिला र बालबालिका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।