काठमाडौं- तालिबानले अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तान भागेको दाबी गरेको छ।
अफगानिस्तानको आफू विरोधी अन्तिम गढमाथि कब्जा नभएको र अब उक्त क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी गरेको केहीबेर पछि नै तालिबानले उपराष्ट्रपति भागेको बताएको हो।
अफगानिस्तानका उपराष्ट्रपति सालेहसहित अफगान सुरक्षा बलमा पूर्वलडाकू र स्थानीय लडाकूहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका थिए।
काबुलबाट अलजजिराका रिपोर्टर शार्लोट बेलिसले तालिबानले मसूदको अवस्था अज्ञात रहेको र उपराष्ट्रपति सालेह भागेको पुष्टि गरेको बताए।
‘पन्जशिर उपत्यकामा विरोधी फौजको नेतृत्व गरिरहेका नेता अहमद मसूदको अवस्था अज्ञात छ। तालिबानले उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तान भागेको पुष्टि गरेको छ,’ उनले भने।
तालिबानले काबुलको नियन्त्रण लिएपछि अफगानिस्तानको सुरक्षा र प्रहरी बल पन्जशिर उपत्यकामा शरण लिरहेका छन्। उनीहरुले आफूहरुलाई नेसनल रेजिस्टन्स फ्रन्ट समूहको रुपमा स्थापित गरेका छन् र तालिबानविरुद्ध लड्ने वाचासमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।