काठमाडौं- काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ।
नेपाल सरकारले एमसीसीबारे नकारात्मक टिप्पणी गर्नेलाई कारबाही गर्ने चेतावनी दिरहेको बेला अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै एमसीसीबारे तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको हो।
दूतावासले सोमबार साँझ ट्वीट गर्दै भनेको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आन्तरिक अंग हो। अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको हितमा कार्य गर्दै आएको छ र सधैं यसको दीर्घकालीन समृद्धिलाई समर्थन गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।