काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको सुनुवाइ आज पनि स्थगित भएको छ।
न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको हो। सर्वोच्च अदालतका अनुसार निवेदक तर्फका कानुन व्यवसायीको तर्फबाट अनुरोध भएपछि आजको सुनुवाइ स्थगित भएको हो।
रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक–पटक स्थगित हुँदै आएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रीसहित कर्मचारी र केही व्यक्तिहरुलाई मुद्दा चलाएको थियो।
तर, दुई पूर्वप्रधानमन्त्रीकाविरुद्धमा भने मुद्दा दायर भएको थिएन। अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।