काठमाडौं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने भएको छ।
आइतबार आयोजित मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १५औं राष्ट्रिय दिवसका अवसमा पुरस्कृत तथा सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गरिएको हो।
पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तिहरुमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक श्रीराम थापा, कान्तिपुर दैनिककी ज्योति कटुवाल, इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु तामाङ र शक्ति समूहकी माया तामाङ रहेका छन्।
यसैगरी संस्थागततर्फ जिल्ला प्रहरी कार्यालय कैलाली, हिमालय टाइम्स, पौरखी नेपाललगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।