काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। पौडेलले महामन्त्रीमा उम्मेदवारीका लागि आन्तरिक तयारी सुरु गरेका उनी निकटहरुको भनाइ छ।
केन्द्रीय सदस्य रहेका पौडेलले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनेगरि आफु निकटसँग छलफल गरिसकेका छन्। तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाले पौडेललाई महामन्त्रीका लागि तयारी गर्न भनिसकेका बताइएको छ। आफ्नो समूह कमजोर नभएको सन्देशसहित सिटौलाले टीमको व्यवस्थापन गर्ने बचन समेत दिएका छन्।
तेस्रो धारको प्रतिनिधित्व गर्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने बताइएको छ। औपचारिक रुपमा बाहिर घोषणा नगरेपनि भित्रि तयारी उनले थालिसकेका बताइएको छ। आफू निकट नेता तथा शुभेच्छुकलाई पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने बताइसकेका छन्।
तेस्रो तहका नेतामा गगन थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन्। पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्री उम्मेदवारी दिने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।