Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको विधान संशोधन : शक्तिशाली अध्यक्ष (ओली)को परिकल्पना

64x64
नेपाल लाइभ सोमबार, साउन २५, २०७८  २२:३७
1140x725

काठमाडौं- नेकपा (एमाले)को नवौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए। तर, पदाधिकारीमा भने ओलीसँग पराजित माधवकुमार नेपाल प्यानलको वर्चस्व रह्यो।

पाँच उपाध्यक्षमा तीनजना नेपालपक्षकाले जिते। महासचिवमा ओलीपक्षकै ईश्वर पोखरेलले जिते पनि उपमहासचिवमा दुवैपक्षका एक/एक जना र पाँच सचिवमा तीन जना नेपालपक्षका निर्वाचित भए। अर्थात् १५ जना पदाधिकारीमा नेपालपक्षका आठ जना थिए।

जित ओलीको भए पनि पदाधिकारीमा नेपाल समूह हावी भयो। यसले अध्यक्ष ओलीको 'एकलौटी' निर्णय गर्ने चाहनामा कहीँ न कहीँ 'काउन्टर' महसुस गराइरह्यो।

त्यसको परिणाम ओलीपक्षको स्थायी र केन्द्रीय कमिटीले सोमबार पारित गरेको विधान संशोधन मस्यौदा हो। एमालेको ओलीपक्ष मात्रै सहभागी बैठकले दशौं महाधिवेशनपछि अध्यक्ष अर्थात् ओलीलाई शक्तिशाली बनाउने योजना अघि सारेको छ। जहाँ महत्त्वपूर्ण दुई संशोधन प्रस्तावित छन्। पहिलो, अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने। दोस्रो, निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने।

पदाधिकारी अध्यक्षको अनुकम्पामा
नेकपा एमालेका सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने प्रणाली थियो। जसले गर्दा अध्‍यक्षको भन्दा फरक विचार समूह वा गुटका क्षमतावान नेताहरुले पनि जित हासिल गर्थे। जसको उदाहरण नवौं महाधिवेशन थियो। तर, अब दोस्रो तहका नेताहरुको पनि खुबी जाँच्ने महाधिवेशन प्रतिनिधिको अधिकार कटौती गरिएको छ।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटीमा २२५ जना प्रस्तावित, उपाध्यक्ष २ र सचिव ७ जना, पोलिटब्युरो नराखिनेसोमबार, साउन २५, २०७८

पदाधिकारीमा रुचि भएका नेताहरु केन्द्रीय कमिटीमा आउने छन्। केन्द्रीय कमिटीले उनीहरुलाई निर्वाचित गर्नेछ। यसअघिका निर्वाचन र केन्द्रीय कमिटीमा निर्वाचितहरुको आँकडा केलाउने हो भने अध्यक्ष निर्वाचित हुनेकै 'प्यानल'का धेरैले जितेका छन्। त्यसैले अध्यक्षको समूह केन्द्रीय कमिटीमा स्पष्ट बहुमतमा हुनेछ। पदाधिकारीले फरक विचार समूहको नेताले अपेक्षा राखे पनि केन्द्रीय कमिटीमा गुटगत चक्रबाट गुज्रेर निर्वाचित केन्द्रीय सदस्यले मत दिने अवस्था बन्ने छैन। 

आफूअनुकुल नेतालाई पदाधिकारीमा चयन गरेर अध्यक्ष झन् शक्तिशाली बन्नेतर्फ लाग्ने छन्। यो संशोधन प्रस्ताव पास भयो भने विगतको जस्तो मिश्रित कमिटी नबन्ने देखिएको छ।

यो पनि पढ्नुहोस्

एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र निर्वाचित गर्नेसोमबार, साउन २५, २०७८

बैठकमा सामान्यतया अध्यक्ष हावी हुने भएकाले उस्तै परे निर्वाचनको चरणसम्म पदाधिकारी चयन प्रक्रिया पुग्ने छैन। आन्तरिक लोकतन्त्रमा उदार मानिएको एमालेले अब अनुदार बन्ने बाटो तय गरेको छ। अध्यक्षका प्रस्तावमाथि बहस र कामकारबाहीमा गरिने खबरदारीको च्याप्टर क्लोज हुने संकेत यसले देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्यानल निषेध अर्थात् फरक विचार निस्तेज
कम्युनिस्ट पार्टीहरु विचार केन्द्रित हुन्छन्। विचारकै आडमा कुनै पनि नेता नेतृत्वमा पुग्छ। विचार मिल्नेहरु एक ठाउँ उभिँदा जसको नीतिलाई धेरैले रुचाउँछन्, उही नेतृत्वमा चुनिन्छ।

ओली आफू शक्तिशाली हुने नाउँमा एमालेको सामूहिक नेतृत्व प्रणालीको अन्त्य भएको छ। जसले लोकतान्त्रिक पार्टी भनिने एमालेको आन्तरिक लोकतन्त्र र वर्षौं लगाएर निर्माण गरेको सौन्दर्य नै भत्काउने देखिएको छ।

लोकतन्त्रमा विचारमा बहस गर्ने, त्यसमा उठेका प्रश्नहरुको जवाफ दिने मञ्चहरु निर्वाचनले नै निर्माण गर्दछ। निर्वाचनमा विचार मिल्नेहरुको प्यानल निर्माण हुनु सामान्य भइसकेको छ।

नेकपा (एमाले) लामो समयदेखि यही अभ्यास गर्दै यहाँसम्म आइपुगेको हो। यही अभ्यासले जनताको बहुदलीय जनवाद जस्तो एमालेलाई मार्ग प्रदान गर्ने दर्शन निर्माण भएको हो। मदन भण्डारी जस्तो विचारक जन्माएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, दशौं महाधिवेशनबाट प्यानल बनाएर निर्वाचनमा होमिने प्रथालाई बन्देज लगाइएको छ। गुटगत गतिविधिका कारण अप्ठ्यारोमा परेको सन्दर्भमा ल्याइएको यो प्रस्तावले दीर्घकालीन रुपमा असर गर्नेछ। एमालेमा फरक विचार सधैंका लागि निस्तेज हुने सम्भावना बढेर गएको छ।

आफूलाई नेतृत्वमा जोगाइराख्ने नयाँ 'जबज' उत्पादन गर्न कोही अघि सर्ने छैनन्। बरु नेतृत्वको अनुकम्पा आफूमाथि कायम राख्न उनीहरुका गलत दर्शन र दृष्टिकोणमै प्रशंसाका फूलहरु बाँध्न लालायित हुने छन्। जुन एमालेको दीर्घजीवनका लागि हानिकारक हुनसक्छ।

शक्तिशाली अध्यक्ष अर्थात् ओली
यस्तो प्रस्ताव किन गरियो? त्यसको सीधा उत्तर छ- दशौं महाधिवेशनले चुन्ने अध्यक्ष ओली नै हुन्। उनको विकल्पमा एमाले हाँक्न उनको गुटमा अहिले कुनै नेताले अघि सर्ने आँट गरिरहेका छैनन्।

यो पनि पढ्नुहोस्

एमालेका कुनै पनि निर्वाचनमा प्यानल बनाउन नपाइनेसोमबार, साउन २५, २०७८

ओलीलाई चुनौती दिइरहेका नेताहरु अहिले एमालेबाहिरै छन्। तिनलाई भित्र्याउने कुरामा ओलीपक्ष त्यति सकारात्मक छैन। असन्तुष्ट वरिष्ठ नेता नेपाललाई अर्को अध्यक्ष दिएर भए पनि सहमति गर्ने प्रस्ताव खारेज भइसकेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

सोमबारको केन्‍द्रीय कमिटी बैठकपछि उनले भने, 'जसलाई प्रस्ताव गरिएको हो। उहाँले नै नस्वीकारेपछि त्यसको औचित्य रहेन। त्यसमा थप शर्त मञ्जुर छैन।'

एमालेको नवौं विधानअनुसार ओली अध्यक्ष हुन पाउने सम्भावना देखिँदैन। किनभने ७० वर्षको उमेरपछि अनिवार्य अवकाशको व्यवस्था गरिएको छ। केही समयअघि यसलाई संशोधन गरिएको थियो तर ती निर्णय २०७५ जेठ २ मा फर्किने क्रममा बदर भइसकेका छन्। 

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटीबाट पारित एमालेको विधान संशोधन प्रस्तावमा के छ? [पूर्णपाठ]सोमबार, साउन २५, २०७८

ओली ७० पूरा भइसकेका छन्। तर, आगामी भदौ २७ र २८ गते बोलाइएको विधान अधिवेशनमा उमेर हद संशोधनको मुद्दा उठाएर त्यहीबेला पारित गर्ने चाल ओलीले चलेका हुन्। यो मस्यौदा मात्रै भएकाले थप सुझाव र संशोधन प्रस्ताव यसै पनि अपेक्षित नै हुन्छ। शक्तिशाली अध्यक्षको परिकल्पना ओलीले आफ्नै लागि गरेको महसुस धेरै केन्द्रीय कमिटीका नेताहरुले गरेका छन्।

ओली आफू शक्तिशाली हुने नाउँमा एमालेको सामूहिक नेतृत्व प्रणालीको अन्त्य भएको छ। जसले लोकतान्त्रिक पार्टी भनिने एमालेको आन्तरिक लोकतन्त्र र वर्षौं लगाएर निर्माण गरेको सौन्दर्य नै भत्काउने देखिएको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन्
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
सम्बन्धित सामग्री
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
झारफुकबाट निको पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने झाँक्री पक्राउ शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्