काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २२५ जना रहने प्रस्ताव गरिएको छ। सोमबार बसेको स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीबाट पारित गरिएपछि अब एमालेको संगठनात्मक ढाँचामा परिवर्तन हुने भएको छ।
पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव २ र सचिव ७ जना रहने भएका छन्।
केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने, केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कामय गर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमको निर्वाचनमा समावेशिता र समानुपातिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने व्यवस्था गरिएको छ।
लामो समयदेखि प्रचलनमा रहेको पोलिटब्युरोको व्यवस्था पनि हट्ने भएको छ। त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटी गठन गरिने भएको छ।
त्यस्तै, राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरिने भएको छ।
यस्तै, एमालेमा पार्टी सदस्यता प्राप्त गरेको ६ महिनासम्म परीक्षणकालको रुपमा रहने भएको छ।
पार्टी सदस्यता प्राप्त भएको ६ महिनाभित्र न्यूनतम जिम्मेवारी पूरा गरेपछि स्वतः परीक्षणकाल पूरा हुने प्रस्तावमा उल्लेख छ।
परीक्षणकाल सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने भएको छ।
यस्तो छ पूर्णपाठ :




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।