Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  १६:०८
1140x725

काठमाडौं - नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए ।

उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले सरकारलाई काम गर्ने अवसर दिएको भए पनि पछिल्ला गतिविधिले सरकारको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठेको बताए ।

उनले भने, ‘सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै नेपाली कांग्रेसले संयमता अपनाएको थियो । सरकारलाई सिक्ने, सच्याउने र काम गर्ने पर्याप्त अवसर दिनुपर्छ भन्ने हाम्रो मान्यता थियो । तर सरकारका पछिल्ला गतिविधि र कार्यशैली हेर्दा यी कमजोरी अनुभवको कमी वा संयोग मात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ । संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधि तथा जनहितविपरीतका निर्णयविरुद्ध अब नेपाली कांग्रेस अझ दृढ, मुखर र सशक्त रूपमा उभिनेछ ।’

कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहो¥याउँदै संविधान र लोकतन्त्रविपरीतका गतिविधि, विधिको शासनमाथिको हस्तक्षेप तथा जनहितविपरीतका निर्णयविरुद्ध थप दृढताका साथ प्रस्तुत हुने जनाएको छ ।

कांग्रेसले संसद्, संवैधानिक निकाय र राज्यका विभिन्न अंगहरूको अवमूल्यन हुने गरी सरकारले गतिविधि गरिरहेको आरोप लगाएको छ । संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको कांग्रेसको ठहर छ ।

प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसले माग गरेको छ । साथै संसद्को अधिवेशन आह्वान गरी संवैधानिक सीमा, संस्थागत मर्यादा र शक्ति पृथकीकरणको सिद्धान्त पालना गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको, महँगी बढेको र निजी क्षेत्रको आत्मविश्वास घटेको भन्दै सरकारको आर्थिक प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

आम नागरिकको आम्दानी र खर्चबीचको अन्तर बढ्दै गएको, साना तथा मझौला व्यवसायीले व्यवसाय सञ्चालन र बैंकको ऋण भुक्तानीमा कठिनाइ भोगिरहेको तथा लगानीको वातावरण कमजोर बनेको कांग्रेसको निष्कर्ष छ ।

सहकारी पीडित, किसान, श्रमिक, उद्यमी तथा वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधानमा सरकारले पर्याप्त ध्यान दिन नसकेको पनि कांग्रेसले जनाएको छ ।

सरकारले १०० दिनभित्र पूरा गर्ने घोषणा गरेका काम, विभिन्न समुदाय तथा आन्दोलनरत पक्षसँग गरेका सम्झौता र गठन गरेका आयोग तथा समितिको प्रगतिबारे स्पष्ट जानकारी नदिएको कांग्रेसको आरोप छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका केही सहमति र उपलब्धिलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ । भारत सरकार र भारतीय जनताबाट प्रधानमन्त्रीले प्राप्त गरेको स्वागत तथा उच्चस्तरीय सम्मानलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा कांग्रेसले व्याख्या गरेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भैरहवा हुँदै सञ्चालन हुने बी–३४५ हवाई प्रवेश मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले स्वागत गरेको छ ।

यद्यपि हवाई मार्ग सञ्चालनको प्राविधिक प्रक्रिया, विकास सहयोगको पारदर्शिता, ऋणका सर्त तथा परियोजनाको कार्यान्वयनबारे सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ । 

भारतसँग लामो समयदेखि समाधान हुन नसकेका सीमा लगायतका संवेदनशील विषय प्रधानमन्त्रीको भ्रमणका क्रममा प्राथमिकतामा नपरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीले विगतमा सार्वजनिक रूपमा उठाउँदै आएका सीमा सम्बन्धी विषय कूटनीतिक संवादमा नउठाएको भन्दै कांग्रेसले उनको अभिव्यक्ति र व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरेको छ ।

भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी लगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनःस्थापना तथा पुनर्निर्माण योजना ल्याउन नसकेको कांग्रेसको आरोप छ ।

बाढी गएको लामो समय बितिसक्दा पनि प्रभावित नागरिकले घरभाडा, राहत र पुनःस्थापनाका सुविधा नपाएको तथा राहत सामग्री गोदाममै थन्किएको कांग्रेसले जनाएको छ ।

यसैगरी कांग्रेसले पार्टीको नाम, लेटरप्याड, चारतारे झन्डा, चुनाव चिह्न रुख तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ ।

पार्टीको दाबीअनुसार २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेटअनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । उक्त विवरण निर्वाचन आयोगबाट २०८३ मङ्सिर ८ गते अद्यावधिक भइसकेको कांग्रेसले जनाएको छ ।

पार्टीको आधिकारिक नाम, झन्डा, चुनाव चिह्न र अन्य प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन गर्ने तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
सम्बन्धित सामग्री
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ उनले यही मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकता... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही शनिबार, मंसिर १२, २०८३
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान शनिबार, मंसिर १२, २०८३
लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह शनिबार, मंसिर १२, २०८३
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्