Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  १५:०३
1140x725

काठमाडौं– भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ ।

इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि डलरमा शुल्क लिने व्यवस्था गरेमा नेपाली विद्यार्थीको पहुँच सीमित हुन सक्ने उनिहरुको भनाइ छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सम्झौताले यसको ढोका खुलेको हो । सम्झौता अनुसार नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोलिने छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक रहेको बताउँदै यसका सञ्चालन प्रक्रियाका बारेमा सोच्नुपर्ने बताए । उनका अनुसार भारतीय आइआइटीको गुणस्तर र अनुसन्धान क्षमता महत्त्वपूर्ण भए पनि त्यसको शुल्क नेपाली विद्यार्थीका लागि महँगो हुन सक्ने जोखिम हुनसक्छ । नेपालले आफु अनुकुल रुपमा यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै भारत सरकार र नेपाल सरकारले सहकार्य गरी सहुलियतपूर्ण शुल्कमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

‘नेपालका लागि आइआइटी महत्त्वपूर्ण छ । तर, गुणस्तर मात्रै भएर हुँदैन, विद्यार्थीले धान्न सक्ने शुल्क पनि हुनुपर्छ,’ मिश्रको भनाइ छ ।

इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष किशोर शाक्यले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक भए पनि यसको सञ्चालनमा नेपाली पक्षको सहभागिता सुनिश्चित हुनुपर्ने बताए । उनका अनुसार आइआइटी विश्वस्तरमा मान्यता प्राप्त उच्चस्तरीय इन्जिनियरिङ शिक्षण संस्था भएकाले त्यसको शैक्षिक मापदण्डअनुसार अध्ययनको अवसर नेपालमै उपलब्ध हुनु महत्त्वपूर्ण हुनेछ ।

तर, भारतीय पक्षले मात्रै सम्पूर्ण व्यवस्थापन र सञ्चालन गर्ने हो भने नेपालले अपेक्षित लाभ लिन नसक्ने उनको भनाइ छ । संस्थामा नेपाली प्राध्यापक, विज्ञ तथा दक्ष जनशक्तिलाई पनि सहभागी गराउने व्यवस्था हुनुपर्ने उनले बताए ।

‘इन्जिनियरिङ कलेज स्थापना गरेर मात्रै हुँदैन, त्यसको व्यवस्थापनमा पनि नेपालीको सहभागिता हुनुपर्छ,’ शाक्यले भने, ’नेपाली विज्ञ र शिक्षकलाई पनि उपयोग गर्ने व्यवस्था गर्नुपर्छ । सबै जिम्मेवारी भारतीय पक्षलाई मात्रै दिनु हुँदैन ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले भारतको आइआइटी कानपुरलगायत संस्थाको शैक्षिक स्तर राम्रो रहेको उल्लेख गर्दै त्यस्तै गुणस्तरको शिक्षा नेपालमै उपलब्ध गराउन सके त्यसले नेपाली विद्यार्थी र इन्जिनियरिङ क्षेत्र दुवैलाई फाइदा पुग्ने बताए । नेपालकै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि दक्ष शिक्षक र प्रतिभाशाली विद्यार्थी रहेको भन्दै राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको टिप्पणी छ ।

यद्यपि, प्रस्तावित आइआइटीको पाठ्यक्रम, शुल्क, प्रमाणपत्र तथा व्यवस्थापनको स्वरूपबारे स्पष्ट हुनुपर्ने उनको भनाइ छ । भारतीय पाठ्यक्रम र शैक्षिक मापदण्ड लागू हुने भए पनि नेपाली विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्ने शुल्क संरचना बनाउनुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का पूर्ववरिष्ठ सल्लाहकार डा. ई. कमल रिजालले भने प्रस्तावित संस्थाको सञ्चालन स्वायत्त संरचनाबाट हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार संस्थाको नेतृत्व र शैक्षिक निर्णयमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप हुन नदिन नेपाली र भारतीय प्रतिनिधि सम्मिलित स्वायत्त सञ्चालक समिति बनाउनुपर्छ ।

रेक्टर वा उपकुलपतिजस्ता नेतृत्व चयन र संस्थाको शैक्षिक व्यवस्थापनमा पनि स्वायत्तता सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ । रिजालले आइआइटीको पाठ्यक्रम जस्ताको तस्तै नेपालमा लागू गर्नुभन्दा नेपालको भौगोलिक अवस्था, विकासका आवश्यकता र प्राविधिक चुनौतीअनुसार परिमार्जन गर्नुपर्ने बताए । नेपालका लागि हिमाली तथा पहाडी पूर्वाधार, सुरुङ इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालको भौगोलिक बनावट र विकासको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सके मात्रै यस्तो संस्थाले देशको विकासमा प्रत्यक्ष योगदान दिन सक्ने उनको भनाइ छ । साथै विदेशी विद्यार्थीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने विषय तथा ऐच्छिक पाठ्यक्रम पनि समेट्नुपर्ने उनले बताए ।

उनले भारतका आइआइटी तथा पहाडी क्षेत्रको विकासमा विशेषज्ञता हासिल गरेका संस्थासँग सहकार्य गर्न सकिने धारणा राखेका छन् । त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि शैक्षिक तथा अनुसन्धान साझेदारी विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

सैद्धान्तिक ज्ञानमा मात्रै सीमित नरही विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाउन अनिवार्य तीनमहिने इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने रिजालको प्रस्ताव छ । सरकारी निकाय तथा स्थानीय समुदायसँग सहकार्य गरी विद्यार्थीलाई फिल्डमा खटाउने र उनीहरूको ज्ञानलाई विकास निर्माणका परियोजनासँग जोड्नुपर्ने उनले बताए । यसले विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्नुका साथै स्थानीय तहका विकास समस्या समाधान गर्न र दिगो पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरेको अभियोगमा आठ जना पक्राउ
सम्बन्धित सामग्री
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकता... शनिबार, मंसिर १२, २०८३
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । शनिबार, मंसिर १२, २०८३
बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती शनिबार, मंसिर १२, २०८३
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान शनिबार, मंसिर १२, २०८३
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरेको अभियोगमा आठ जना पक्राउ शनिबार, मंसिर १२, २०८३
बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु शनिबार, मंसिर १२, २०८३
तुइनबाट जोखिमपूर्ण यात्रामा रसुवावासी शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्