इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोल निवासी ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्याएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।