Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित

64x64
नेपाल लाइभ शनिबार, मंसिर १२, २०८३  १४:३०
1140x725

काठमाडौं - राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार बनेसँगै आयोग पदाधिकारीविहीन बनेको हो ।

आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते दरखास्त आह्वान गरी सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनाअनुसार आवेदन दिने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको थियो । तर दरखास्त आह्वान भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि पदपूर्ति हुन नसकेपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

आयोगले भने सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार गठित सिफारिस समितिले सिफारिस प्रक्रिया टुङ्ग्याइसकेको भए पनि पदाधिकारी नियुक्त हुन सकेका छैनन् । ऐनमा प्रतिनिधिसभाका सभामुख, सञ्चारमन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने सिफारिस समितिको व्यवस्था गरिएको छ ।

आयोगका एक कर्मचारीले पदाधिकारी नियुक्ति हुन नसक्दा आयोगको दैनिक कार्यसञ्चालन जसोतसो भइरहे पनि पुनरावेदन र उजुरी सुनुवाइको प्रक्रियामा समस्या देखिएको बताए ।

उनले भने, ‘पुनरावेदन र उजुरीउपर सुनुवाइ हुन नसक्दा सूचनाका सेवाग्राहीलाई निश्चय पनि केही मर्का परेको हुनुपर्छ ।’

तर सरकारको सम्बन्धित सरोकारवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढीरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव विष्णुप्रसाद कोइरालाले नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढीरहेको बताउँदै नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘प्रक्रियामा छ । निर्णय हुने ठाउँमा पुगेको हुनुपर्छ ।’

आयोगमा लामो समयदेखि पदाधिकारी रिक्त रहँदा जनताको सूचना प्राप्त गर्ने हक कुण्ठित हुन पुगेको सूचनाको हकसम्बन्धी विज्ञहरूले बताएका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

समावेशी आयोगका पूर्वअध्यक्ष, सूचनाको हकका विज्ञ तथा कानुनविद् डा. रामकृष्ण तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचनाको हक महत्वपूर्ण अधिकार भएकाले त्यसको संरक्षण र कार्यान्वयन गर्ने आयोगलाई लामो समयसम्म पदाधिकारीविहीन राख्न नहुने बताए ।

उनले पदाधिकारी नियुक्तिमा ढिलाइ हुनु उपयुक्त नभएको उल्लेख गर्दै आयोग निष्क्रिय हुँदा लोकतन्त्रको महत्वपूर्ण आयाममै असर पर्ने बताए ।

उनले भने, ‘सूचनाको हकको क्षेत्रमा काम गर्ने सूचना आयोग हो। सूचना आयोग यत्तिकै खाली हुनुहुँदैन । प्रमुख आयुक्त र आयुक्तहरू हुनुपर्छ । यसले लोकतन्त्रको एउटा प्रमुख आयाममा असर गर्छ । नियुक्तिमा ढिलाइ हुनु उपयुक्त हुँदैन ।’

यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचनाको हकका विज्ञ तारानाथ दाहालले पनि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदा सूचनाको हकको कार्यान्वयन र संरक्षणमा गम्भीर असर परेको बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार आयोगमा पदाधिकारी रिक्त हुनुअघि नै नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने कानुनी व्यवस्था छ । तर समयमै नियुक्ति हुन नसक्दा आयोग निष्क्रिय बन्न पुगेको र नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने निकायसमेत प्रभावित भएको उनको भनाइ छ ।

दाहालले भने, ‘राष्ट्रिय सूचना आयोग सूचनाको हक कार्यान्वयन र संरक्षण गर्ने संस्था हो । त्यसलाई नै पदाधिकारीविहीन राख्दाखेरि सूचनाको हकको कार्यान्वयनमा गम्भीर प्रभाव पर्छ । आयोग निष्क्रिय भएपछि नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने ठाउँसमेत प्रभावित हुन्छ ।’

उनले पदाधिकारी नियुक्ति सरकारको प्राथमिकतामा पर्नुपर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा सक्रियता देखाउनुपर्ने बताए । योग्य र सूचनाको हकका विषयमा जानकार व्यक्तिहरूमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले आयोगमा पदाधिकारी नहुँदा पुनरावेदनका मुद्दा तथा उजुरीमाथि सुनुवाइ हुन नसकेको बताए ।

उनका अनुसार नागरिकले सरकारी निकायबाट सूचना नपाएपछि आयोगमा पुनरावेदन गर्ने व्यवस्था भए पनि पदाधिकारी नहुँदा निर्णय गर्ने, आदेश दिने र कारबाहीका लागि सिफारिस गर्ने काम प्रभावित भएको छ । यसले सूचनाको हकका अभियन्ता र सूचना माग गर्ने नागरिकलाई अन्योलमा पारेको उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नहुँदा थुप्रै पुनरावेदनमाथि सुनुवाइ हुने अवस्था छैन । सूचना माग्दा पुनरावेदन गर्ने ठाउँमा पदाधिकारी छैनन् । आदेश गर्ने, निर्णय गर्ने र कारबाहीका लागि सिफारिस गर्ने कोही नभएपछि अभियानकर्ताहरू पनि अन्योलमा छन् । आयोगको पदाधिकारी नहुँदा सूचनाको हकको अभियानलाई नै असर परेको छ ।’

बागचन्दले सरकारले नियुक्ति प्रक्रियामा ढिलाइ गर्नु गलत भएको बताउँदै सूचनाको हकका क्षेत्रमा सक्रिय, अनुभवी र विषयविज्ञ व्यक्तिहरूलाई आयोगको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए ।

उनले विगतमा राष्ट्रिय सूचना आयोगले बनाएको संस्थागत पहिचान र प्रभाव पछिल्लो समय कमजोर हुँदै गएको उल्लेख गर्दै पदाधिकारीविहीन अवस्थाले समस्या थप गम्भीर बनाएको बताए ।

उनका अनुसार सरकारले समयमै पदाधिकारी नियुक्त नगर्दा नागरिकले सरकारी निकायबाट सूचना प्राप्त गर्न नसकेको अवस्थामा पुनरावेदन गर्ने र न्याय पाउने अधिकारसमेत प्रभावित भइरहेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत असोज २२ र २३ गते बसेको पाँचौ पूर्ण बैठकबाट जारी जनकपुरधाम घोषणापत्रमा पनि सरकारले सूचनाको हक नै निलम्बनमा राखेको उल्लेख छ ।
‘संविधानको धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावलीमा उल्लेखित सूचनाको हक कार्यान्वयनमा भूमिका निर्वाह गर्ने दायित्व बोकेको सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखेर सरकारले सूचनाको हक नै निलम्बनमा राखेको ठहर गर्दै यो बैठक गम्भीर आपत्ति जनाउँदछ । साथै गरिकको सूचनाको हकलाई अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ’ घोषणापत्रमा भनिएको छ ।

सूचनाको हक नागरिकको मौलिक अधिकार हो । राज्यका निकायलाई पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय सूचना आयोग नै लामो समयसम्म पदाधिकारीविहीन रहँदा यसको प्रभाव नागरिकको सूचना प्राप्त गर्ने अधिकार र लोकतान्त्रिक अभ्यासमा पर्ने सरोकारवालाहरूको निष्कर्ष छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तुइनबाट जोखिमपूर्ण यात्रामा रसुवावासी
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत
सम्बन्धित सामग्री
तुइनबाट जोखिमपूर्ण यात्रामा रसुवावासी टेकोशीको बाढीले भत्काएका संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । पुल नहुँदा तुइनमा झुन्डिएर नदी पार गर्नुपर्ने रसुवावासीको बाध्यता... शनिबार, मंसिर १२, २०८३
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत असोज २२ र २३ गते बसेको पाँचौ पूर्ण बैठकबाट जारी जनकपुरधाम घोषणापत्रमा पनि सरकारले सूचनाको... शनिबार, मंसिर १२, २०८३
बाढीले बगाएका पशुका अवशेष खोज्दै स्थानीय खोजीका क्रममा कुनै स्थानमा हड्डी भेटिएको र कुनै स्थानमा नभेटिएको भन्दै उनले सम्पूर्ण क्षेत्रको खोजी पूरा नभएसम्म प्रयास जारी राख्ने... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
तुइनबाट जोखिमपूर्ण यात्रामा रसुवावासी शनिबार, मंसिर १२, २०८३
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित शनिबार, मंसिर १२, २०८३
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत शनिबार, मंसिर १२, २०८३
रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु: रवि लामिछाने शनिबार, मंसिर १२, २०८३
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्