• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षबाटै ६ जना आकांक्षी

64x64
दीपक नेपाल बिहीबार, साउन १४, २०७८  १४:००
1140x725

कैलाली- नेपाली कांग्रेस कैलालीको सभापतिमा शेरबहादुर देउवा पक्षधर ६ जना आकांक्षी देखिएका छन्। विगतमा भन्दा कमजोर भएको कोइराला पक्षधरबाट भने सभापतिको आकांक्षीमा कोही पनि देखिएका छैनन्।

यसअघि जिल्ला सभापतिमा प्रतिस्पर्धा गरिसकेका भीम बडुवालले यसपटक पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनी आफूलाई देउवा समर्थक बताउँछन्। 'मेरो नेता देउवा हुन्', उनले भने, 'म देउवाकै उम्मेदवार हुँ।'

सभापतिको अर्को आकांक्षी हु्न्, प्रकाश बम। उनी अहिले पार्टी उपसभापति छन्। उनलाई पार्टी सभापति नरनारायण शाह मनुको साथ र समर्थन छ। यद्यपि, सभापति शाहका ३ जना उम्मेदवार छन्। तर, शाहको पहिलो रोजाइमा बम पर्छन्।

शाहको अर्का उम्मेदवार हुन्, खेमराज चौधरी। कैलाली थारु बाहूल्य जिल्ला भएकोले थारु समुदायको व्यक्ति पार्टी सभापति हुँदा राम्रो सन्देश जाने शाहको बुझाइ छ। तर, बम सभापति हुन नसक्ने अवस्थामा मात्र चौधरीलाई उम्मेदवार बनाउने शाहको योजना छ।

त्यस्तै, पार्टी सभापति शाहको तेस्रो रोजाइ हुन्, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड। वडलाई नगरप्रमुख बनाउन पनि शाहको मुख्य भूमिका थियो। कार्यकर्तामाझ भिजेका वडलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता रणबहादुर रावलले पनि साथ दिने संकेत देखाइसकेका छन्।

रावल र वड दुवै जना पार्टी सभापति देउवा र देउवापत्नी डा. आरजु राणा देउवासँग नजिक छन्। सजिलै सभापति हुने अवस्था भएमा पार्टी सभापति शाहले बमलाई उम्मेदवार बनाउने छन्। तर, फरक गुट र समूहसँग भिड्नु पर्ने अवस्था आएमा उनले वडलाई सभापति पदमा अघि सार्नेछन्।

वडलाई अघि सार्दा उनले पुनः धनगढीको प्रमुख हुने आकांक्षा भने त्याग्नु पर्ने दबाब छ।

पार्टी सभापति देउवा र देउवापत्नी आरजुसँग नजिक मानिने नारायणदत्त भट्ट र गणेश देउवा पनि सभापतिको दौडमा छन्। भट्ट सुरुदेखि नै देउवा पक्षधर हुन्। गणेश देउवा भने विगतमा कोइराला क्याम्पमा थिए। आरजुले सभापति बनाउने आश्वासन दिएकोले आफू देउवा क्याम्पमा आएको उनले बताउने गरेको कांग्रेस वृत्तमा चर्चा छ।

Ncell 2
Ncell 2
nimb
nimb

भट्टलाई नेपाली कांग्रेसका नेता पुष्कर ओझाको समेत साथ रहने बताइएको छ। यद्यपि, आरजुको उम्मेदवारका रुपमा भट्ट प्रस्तुत भए उनले ओझाको साथ भने गुमाउने छन्। किनकी आरजु र ओझाबीच तालमेल छैन। जुन कुरा आरजु चुनाव लड्दा छताछुल्ल भइसकेको छ।

भट्टलाई सभापतिका रुपमा वर्तमान सभापति शाहले पनि स्वीकार गर्दैनन्। धनगढी उपमहानगरपालिकाका प्रमुख वड पनि भट्टलाई सभापतिमा छोड्ने देखिँदैनन्। किनकी भट्टले नगरप्रमुख वडको बिरोध गर्दै आएका छन्। भट्टलाई नेपाली कांग्रेसका नेता कृष्णबहादुर महराको भने साथ र समर्थन छ। महराले भट्टलाई सभापतिको उम्मेदवार बनाउन पार्टी सभापति देउवा र देउवा पत्नीलाई दबाब दिँदै आएका छन्।

देउवापत्नी आरजुको साथ र समर्थनमा शाह पार्टी सभापति भएपनि यतिबेला भने उनीहरुबीच राम्रो सम्बन्ध छैन। आरजुका स्वकीय सचिव प्रकाश देउवाले त सार्वजनिक रुपमै शाहलाई विवेकशीलको कार्यकर्ताको आरोप लगाउँछन्।

आरजु र शाहका बीचमा  फाटो ल्याउन प्रकाश देउवाका अभिव्यक्तिले पनि काम गरेको छ। धनगढीमा आरजु देउवाको माहोल बिगार्ने पनि प्रकाश देउवा नै मानिन्छन्। पार्टी सभापति शाह र आरजु देउवाका बीचमा फाटो ल्याउने पनि प्रकाश देउवा नै हुन्। प्रकाश देउवाका अभिव्यक्ति र व्यवहारका कारण आरजुसँग रुष्ट हुने कांग्रेस नेता र समर्थकको संख्या बढ्दो छ। 

Xtrem

Xtrem

सभापति पदमा  आफ्नै खेमाबाट ६ जना आकांक्षी देखिएकोले पार्टी सभापति देउवा र देउवापत्नी आरजुलाई सकस परेको छ। उनीहरुले अहिलेसम्म कसैलाई आफ्नो आधिकारिक उम्मेदवारका रुपमा घोषणा गरिसकेका छैनन्। यद्यपि, आकांक्षी सबैले आफूलाई पार्टी सभापति देउवा र उनकी पत्नी आरजुको साथ रहने बताउँदै आएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक नेपाल
लेखकबाट थप
बँदेल मार्न आफैंले थापेको वद्युतीय पासोमा पर्दा बैतडीमा दुई दाजुभाइको मृत्यु
छतिवनको सुन्दर झरना : पर्यटकको नयाँ रोजाइ
कांग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षबाटै ६ जना आकांक्षी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्