काठमाडौं– सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने कार्य अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको आइतबारको एकल इजलासले निगमलाई निजीकरणसम्बन्धी निर्णयहरु यथास्थितिमा राख्न भनेको हो।
नेपालका लागि नेपाली पार्टीको तर्फबाट आतिस कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि साउन २५ गते दुवै पक्षलाई बोलाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।