काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दै छ। बैठक महामन्त्री शशांक कोइराला निवासमा बस्न लागेको एक नेताले बताए।
केन्द्रीय पदाधिकारी बैठकले तल्लो तहको अधिवेशन स्थगित गरेपछि बसन लागेको बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा विवादका विषयमा छलफल हुनेछ।
आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगै नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।