काठमाडौं- टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु भएका छन्। आज सुटिङकी कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी छिन्।
परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आसाका सुटिङ रेन्जमा शनिबार कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै यसअघि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्।
उनले १३ औं दक्षिण एसियाली खेलकुद सागमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले आसाका सुटिङ रेन्जमा पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन्। उनी फाइनलमा पुग्न भने सकिनन्।

५० प्रतिस्पर्धी सहभागी इभेन्टमा कल्पनाले ४६ औं स्थान हासिल गरेकी हुन् ।
जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा आजै प्रतिस्पर्धा गर्ने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।