अनसनरत कार्यकर्ता
काठमाडाैं– कांग्रेस केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका कार्यकर्तासँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी दिने निर्णय भएको छ।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले दुई जनालाई जिम्मेवारी दिने निर्णय गरेको हाे।
संस्थापन पक्षबाट र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट १/१ जना हुने गरी जिम्मेवारी दिने निर्णय भएको छ। दुई पक्षबाट जिम्मेवारी दिएका व्यक्तिको नाम भने यकिन भइनसकेको बताइएको छ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘धर्ना र आमरण अनसनमा बस्ने नेता कार्यकर्ताको आन्दोलन रोक्न दुई नेतालाई जिम्मेवारी दिने निर्णय भएको छ। साथीहरु केन्द्रीय कार्यालय गएर आन्दोलन रोक्न अनसनकारीसँग छलफल गर्नुहुन्छ।’
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै १२ दिन देखि केन्द्रीय कार्यालयमा बाराका कार्यकर्ता धर्नामा बसेका छन्।
धनुषा–४ मा क्रियाशील वितरणमा अनियमितता गरेको ठहर गर्दै उक्त जिल्लाका ३ नेता ६ दिन देखि आमरण अनसनमा छन्। सर्लाहीबाट पनि तीन दिन अघिदेखि आमरण अनसन सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।