काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
शुक्रबार उनले संसद सचिवालय पुगेर राजीनामा फिर्ता लिएका हुन्।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले संसदबाट राजीनामा दिएका थिए।
रावललाई आफूहरुले दबाब दिएर राजीनामा फिर्ता लिन लगाएको सांसद झपट रावलले बताए। राजीनामा फिर्ता लिन रावलसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेता भानुभक्त जोशी, सुदूरपश्चिम प्रदेशका अन्य सांसदहरु उपस्थित थिए।
बिहीबारनै राजीनामा अघि नबढाउन भनेपनि एकता प्रक्रिया सुरु नभइ राजीनामा फिर्ता नलिने अडानमा रावल थिए। तर, उनी निकट नेताहरुले आफूपनि एकताकै पक्षमा भएको र राजीनामा दिनै परे सामूहिक रुपमा दिने भन्दै राजीनामा फिर्ताका लागि दबाब दिएका थिए।
बिहीबार रावलसहित नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए। उनीहरु एकताका लागि संवाद गर्न राजी भएपछि रावलले राजीनामा प्रकृया तत्काललाई यथास्थितिमा राख्न लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।