काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ। शुक्रबार 'विप्लव' सहितका नेता र राप्रपाका नेताहरुबीच छलफल भएको हो।
दुई पार्टीका नेताहरुबीच समसामयिक विषयमा विचार विमर्श भएको राप्रपाका अध्यक्ष कमल थापाले जानकारी दिए।
विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको थापाले बताए।
विप्लव नेतृत्वको नेकपाले पछिल्ला दिनहरुमा दलका नेताहरुसँग भेटघाट गर्दै सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयनमा जोड दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।