गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक, फाइल तस्वीर
काठमाडौं– गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट थप ३ जना मन्त्री बन्ने भएका छन्।
माओवादी केन्द्रबाट रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती मगर गरी ३ जना गण्डकी प्रदेशमा मन्त्री बन्ने भएका हुन्।
बराललाई अर्थ, बुढालाई कृषि र चर्ती मगरले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन्। माओवादी केन्द्रबाट यसअघि मधु माया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन्।
नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन सरकार बनेको थियो।
तर, सरकार गठन भएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन।
गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयका सन्दर्भमा भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दल नेपाली कांग्रेसले नै मन्त्रीको नाम टुंग्याउन सकेको छैन। यस्तै, जनता समाजवादी पार्टीले प्राप्त गर्ने थप एक मन्त्रालय पनि निश्चित भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।