काठमाडौं- नेकपा (एमाले)का सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको तुलनै हुन नसक्ने बताएका छन्।
उनीहरूलाई शीर्ष नेताका रुपमा सञ्चारकर्मीले गरेको तुलनालाई उनले ‘विनम्रताका साथ अस्वीकार गर्छु’ भन्दै यस्तो टिप्पणी गरेका हुन्। तुलना गर्ने क्रममा उभनले भने, ‘सयभारी खर काट्ने र त्यसमा आगो लगाउने एउटै होइनन्।’
कुनै बेलाको तेस्रो पार्टीलाई ओलीले पहिले बनाएको बताउँदै नेपालले पार्टीलाई कांग्रेसको पाउमा पुर्याउने काम गरेको बताए। काम, नेतृत्व क्षमता र उचाइका हिसाबले दुईबीच तुलना नहुने बताउँदै उमेरका हिसाबले मात्रै दाँज्न मिल्ने ज्ञवालीले जिकिर गरे।
पार्टीमा तीनजना पूर्वप्रधानमन्त्री र सातजना एउटै उमेरका नेता भएकाले व्यवस्थापनका समस्या रहेको उनले बताए। यही कारण पश्चिमा देशहरुमा एक वा दुईपल्ट पार्टीं र राज्यको नेतृत्व गरेपछि बिदा हुने प्रलचन चलेको बताए। नेपालमा पनि वर्तमान समस्याको समाधान प्रणालीबाटै खोज्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।