काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स् भोलिन्टियर घोषणा गरेका छन्। भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले पिपुल्स् भोलिन्टियरको घोषणा गरेका हुन्।
नेपाली राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा देखिएको विकृति र विसंगतिका विषयमा केन्द्रित भइ पिपुल्स् भोलिन्टियरले काम गर्ने बताइएको छ।
नेपाली समाजमा भएका रुढीवादी संस्कृति, संस्कार र सामाजिक पछौटेपनमा समेत काम गर्ने यसमा आवद्धहरूले जनाएका छन्।
प्राकृतिक विपत्तिमा समेत पिपुल्स् भोलिन्टियर परिचालन हुने भएको छ। पिपुल्स भोलिन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री रहेका छन्। श्रेष्ठको अध्यक्षमा एक हजार एक सय स्वयमसेवक परिचालन कमिटी घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।