फाइल तस्वीर।
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले अब प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा कुनै पनि बैठक नराख्ने भएको छ।
यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्राय: बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो।
यो गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन्।
यसैको कार्यान्वयनको क्रममा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक आफ्नो निजी निवास बूढानीलकण्ठमा बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।