काठमाडौं– एकदिनअघि आफ्नै पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ‘आम माफी’ भएको घोषणा गरेका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै उनले एकताका लागि सवैलाई माफ गरेको बताएका हुन्।
उनले भने, ‘पुष्पलालबाट प्ररेणा लिऔं। महान विचार कार्यान्वयन गर्न एक जुट होऔं, पद र स्वार्थका कुरा छाडौं। देशका कुरा गरौं। एकताका कुरा गरौं। बाटो बिराएका र भड्किएकालाई आममाफी भयो। आउनुहोस् मिलेर काम गरौं।’
पार्टीले सानोतिनो धक्का होइन, ठूलो क्षति बेहोरेको भएपनि एमालेमा फर्किनेलाई माफ गर्ने उनको भनाइ छ। मिलेर काम गरेर पार्टीलाई मजबुत बनाउनुपर्ने बताउँदै अध्यक्ष ओलीले एकजुट हुन आह्वान गरे।
ओलीले भने, ‘आउनोस् मिलेर काम गरौं। यस आन्दोलन मजबुत पारौं । एकजुट भएर जाउँ। यद्यपि यस आन्दोलनले सानो धक्का बेहोरेको छैन, ठूलो क्षति बेहोरेको छ। त्यो पनि आफ्नै कारण।’
तरपनि फेरि एकजुट भएर अगाडि बढ्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।