• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अभिनेत्रीहरु किन चलाउन थाले आफ्नै युट्युब च्यानल ?

64x64
पुष्पा थपलिया आइतबार, साउन १०, २०७८  ०७:००
1140x725

काठमाडौं- कोरोना कहरसँग जुध्दै कलाकार न्यू नर्मल लाइफमा कसरी गइरहेका छन्? यसैबारे कुराकानी गर्न केही दिनअघि नायिका करिष्मा मानन्धरलाई सम्पर्क गरेका थियौं। सुरुमा फोन नउठाएकी उनले मेसेजपछि भने फोन उठाइन्। मिडियाको परिचय दिने बित्तिकै उनले भनिन्, ‘म मिडियामा डटकम झुण्डिएकाहरुसँग कुरा गर्दिनँ।’ उनले अगाडि भनिन्, ‘मेनस्ट्रिमका मिडिया र केही स्थापित पत्रकारसँग मात्रै कुराकानी गर्छु।’

कारणबारे उनले भनिन्, ‘कुरा एउटा गर्‍यो, हेडलाइन अर्को राखिदिन्छन्। भन्दै नभनेका कुरा आफूले भनेको भन्दै पढ्नुपर्दा पारा तात्छ, त्यसैले डटकमवालालाई अन्तरवार्ता दिन्नँ।’

आफैले बोलेका कुरा अर्को तरिकाले हेर्न र पढ्न रुचि नभएकाले आफू नयाँ सञ्चार माध्यमबाट टाढै रहन चाहेको उनको भनाइ थियो।

कलाकार हुनुहुन्छ, सञ्चारमाध्यम त चहिन्छ नि? भन्ने जिज्ञासामा उनले त्यसका लागि आफूले युट्युब चलाइरहेको बताइन्। 'खराब मिडिया'कै कारण आफू युट्युबर बन्न परेको उनको तर्क छ। उनले भनिन्, ‘आफूलाई राख्न मन लागेका सबै कुरा आफ्नै च्यानलमा राख्यो, आनन्द! न भन्दै नभनेको सनसनीपूर्ण हेडलाइनको डर, न अर्थको अनर्थ लगाएर काटकुट पारेको भिडियोले विवाद मच्चाउने चिन्ता।’ 

करिष्माले आफ्नो युट्युब च्यानल कोभिड–१९ ले पारेको पहिलो चरणको प्रभावमा खोलेकी हुन्। अहिले झण्डै ५५ हजार सब्स्क्राइबर बनाइसकेकी छन्। उनले आफूले गरिरहेका कामदेखि घरपरिवार र खाना बनाएका भिडियोसम्म युट्युबमा राखेकी छन्।

युट्युबलाई व्यावसायिक रुपमा नै लगेकी अर्की नायिका हुन्, प्रियंका कार्की। उनीसँग पनि नेपाल लाइभले गर्भावस्थाको कुरा गर्न गरेको आग्रहमा सञ्चारमाध्यमदेखि डर लाग्ने बताइन्। उनले भनिन्, ‘यस्तो अवस्थामा म मिडियादेखि र विवाददेखि टाढा रहन चाहन्छु। मलाई खोज्ने फ्यानका लागि आफ्नै च्यानल छँदैछ।’ 

सञ्चारमाध्यमको काम कलाकारलाई चर्चामा राखिरहने भएको भन्दै उनले आफ्नै माध्यम भएपछि विवाद कम हुने, फ्यानमा राम्रो छबि बनाउन सकिने बताइन्। भनिन्, ‘कतिपय सञ्चारमाध्यम भ्यूज बटुल्न र धेरै मानिससम्म पुग्न हाम्रो नभएका, नभनेका कुराको प्रयोग गर्छन्।’ आफ्नै च्यानल भएपछि त्यसरी अरुले प्रयोग नगर्नेमा ढुक्क हुने उनको भनाइ छ।

प्रियंका युट्युबमा खाने कुराको भिडियो राख्छिन्। उनले चपचप डायरीज नामको खानेकुरा बनाउने कार्यक्रम व्यावसायिक रुपमा नै बनाएकी छन्। जसमा उनी आफ्नै हातले स्वादिष्ट खानेकुरा पकाउँछिन् र गृहिणीहरुलाई सिकाउँछिन्। भिडियो खिच्ने काम उनका श्रीमान समेत रहेका नायक आयुष्मान देशराज जोशीले गर्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ नयाँ रेसिपीको जानकारीसँगै परिवार र विभिन्न सेलिब्रेटीसँग गफगाफ पनि गर्छिन्। उनले झण्डै तीन लाख सब्स्क्राइबर बनाउन लागिसकेकी छन्। गर्भवती अवस्थामा पनि काममा व्यस्त हुन र फ्यानको आँखामा परिरहन उनले युट्युबको भरपुर सहारा लिइरहेकी छन्।

प्रियंका जस्तै गर्भावस्थाको सम्झना कैद गर्दै युट्युबमा पोष्ट गर्न व्यस्त छिन् नायिका ऋचा शर्मा। उनलाई पनि नेपाल लाइभले टेलिफोन गर्दा अहिलेको अवस्थामा पत्रकारसँग कुरा नगर्ने  बताइन्। उनले भनिन्, ‘मेरो तर्फबाट केही कन्टेन्ट चाहिए ऋचा शर्मा नामको युट्युब च्यानलमा भिजिट गरेर काम चलाउन सक्नुहुन्छ।’ 

ऋचा युट्युबमा कहिले खाने कुरा पकाउँछिन्, कहिले गर्भावस्थामा गरिने योगा, व्यायाम सिकाउँछिन् त कहिलेकाहीँ मेकअप गरेका भिडियो राखिछन्। ऋचाले युट्युबको सब्स्क्राइबर भने लुकाएकी छन्।

नायिका रिमा विश्वकर्मा पनि यतिबेला आफ्नै युट्युब च्यानलमा रमाइरहेकी छन्। उनले ‘मेरो एउटा साथी छ’ नामको टक शो नै चलाइरहेकी छन्। सब्स्क्राइबर झण्डै ६५ हजारको हाराहारीमा पुगेको छन्। रिमा विभिन्न ठाउँ घुमेको, फोटोसुट गरेको भिडियो राख्न रुचाउँछिन्। साथै आफूलाई भन्न मन लागेका, अरुसमक्ष बाँड्न मन लागेका कुराहरुको समेत भिडियो बनाउँछिन्। उनी बेलाबखत मध्यरातमा कविता गुनगुनाउँदै बनाएका भिडियोदेखि, चित्र कोरेका भिडियोसम्म पोष्ट गर्छिन्। रूचिको काम गर्न युट्युबको प्रयोग गरेको उनको भनाइ छ।

उनले आफ्नै च्यानलबाट पोष्ट गरेको एक भिडियोमा भनेकी छन्, ‘म पनि आममानिस हुँ, सबैले गरेका कामहरु गर्न मन लाग्छ।’ त्यही मन लागेका कुरा भिडियोमार्फत् देखाउन च्यानल खोलेको उनको भनाइ छ। उनी च्यानलमा विभिन्न ध्यान विधि र आध्यात्मको कुरा पनि गर्छिन्।

बिहेको भिडियो राखेर युट्युब चलाउन सुरु गरेका नायिका वर्षा राउत र नायक सञ्जोग कोइरालाले त युट्युबलाई कुनै समयमा व्यावसायिक तरिकाले नै लैजाने योजना समेत बनाएका छन्। युट्युबमा आएको प्रतिक्रियाले उत्साह मिलेको पनि उनीहरुको भनाइ छ। हाललाई भने उनीहरुले युट्युबलाई अर्काइभको रुपमा प्रयोग गरेको बताए।

कुनै समय अरु रोजीरोटी नमिले यही भिडियोले समेत पाल्ने उनीहरुको आशा छ। वर्षा र सञ्जोगको युट्युबमा प्रायः घुमफिर गरेका, छुट्टी मनाइरहेका कुरालाई हेर्न सकिन्छ। वर्षा ‘भारतीय फ्यानले दुःख मान्ने’ भन्ने खालको विवादास्पद अभिव्यक्तिपछि उम्कने जरिया पनि युट्युब बनेको थियो। सञ्जोगले वर्षाले नजानेर भनेको र यही कारण उनको मानसिक हालत ठीक नभएको भिडियो बनाएर अपलोड गरेपछि विवाद मत्थर भएको थियो। 

वर्षा र सञ्जोगको सांसा नामक युट्युब च्यानलले अहिलेसम्म झण्डै २ लाख १० हजार सब्स्क्राइबर बनाइसकेको छ।

भारतमा रहेकी कुनै समयकी चर्चित नायिका विपना थापा पनि युट्युबमा मग्न छिन्। ४ महिना अघिमात्रै युट्युब च्यानल खोलेकी विपनाको छोटो समयमै ८० हजार सब्स्क्राइबर पुग्न लागिसकेको छ।

उनी च्यानलमा नेपाली फ्यानका लागि भिडियो बनाउँछिन्। भारतमा हुने विवाह, महोत्सव लगायतमा उनले बनाएको भिडियो हेर्न पाइन्छ। उनी च्यानलमा आफूले फिल्म खेल्दाको अनुभवहरु पनि बाँड्न रुचाउँछिन्। प्रविधिकै कारण १४ वर्ष पुरानो बनेको जिन्दगी र यादलाई ताजा गर्न पाएकोमा उनी खुशी छन्।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा मंगलबार, जेठ २६, २०८३
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्