काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन्।
४३औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालल भने, ‘आमजनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्थादेखि लिएर बाढी, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाढि बढनुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। हाम्रो राजनीतिको केन्द्रविन्दु नै जनता हुन्।’
नेता नेपालले भ्रष्टाचारमुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न तथा हावादारी योजना नल्याउन पनि आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको स्मरण गराए।
नेता नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।