काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २२ सांसदले स्पष्टीकरण बुझाउने भएका छन्।
उनीहरुले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन लागेका हुन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट निर्णय गराएर नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए।
उक्त पत्र नेपाल पक्षका सांसदले बुधबार दिउँसो प्राप्त गरेका थिए। बिहीबार स्पष्टीकरण बुझाउने/नबुझाउनेबारे नेपाल पक्षका सांसदहरुले कानुन व्यवसायीसँग परामर्श गरेका थिए।
बिहीबार दिउँसो ३ बजे बस्ने एमालेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण पत्रमाथि कारबाही अघि बढाउनेछ। चार दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष भने अनुपस्थित रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।