काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने/नदिनेबारे कानुन व्यवसायीसँग परामर्श गर्दैछन्।
नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। जुन समय आज केहीबेरपघि घर्किँदैछ।
राजनीतिक रूपमा स्पष्टीकरण दिनु जरुरी नभएपनि कानुनी रुपमा के हुन्छ भनेर कानुन व्यवसायीसँग छलफल गरेर मात्र निर्णय गर्ने सांसद मेटमणि चाैधरीले नेपाल लाइभलाई बताए।
उनीहरूले कानुन व्यवसायी गोविन्द बन्दीलगायतसँग छलफल गर्दैछन्।
बुधबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले स्पष्टीकरणले पार्टी एकतामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।