काठमाडौं– सोमबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरस्थित च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औं केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेको छ।
बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषयमा छलफल गरिरहेको छ।
यसअघिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउनसमेत आग्रह गरेका छन्।
बैठकले पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरणसमेत सोधेको छ। २४ घण्टे स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीबारे निर्णय हुने बताइएको छ।
स्पष्टीकरणको जवाफ नदिने नेपाल पक्षको भनाइ छ। नेपाल पक्षका नेताहरुले भने स्पष्टीकरणको औचित्य नरहेको बताउँदै यस्ता गतिविधिले आन्तरिक विवाद समाधान हुनुको साटो झनै विवाद बढाउने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।