काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोरोनाविरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।
नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतिपूर्ण रहेकाले खोपलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
‘विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने,‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतिपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’
यस्तै, प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको ‘मेक इन नेपाल’ स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्रर्धन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।