काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने भएका छन्।
उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनका लागेका हुन्। यसका लागि उनी बालुवाटार जाँदैछन्।
गएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सांसद सिंहले प्रदेश २ मा कांग्रेस क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरिएको भन्दै राजीनामा दिन लागेका हुन्।
‘सदस्यताको विवाद छ। साथीहरू आएर पार्टी कार्यालयमा धर्ना बसिरहनु भएको छ। तर, उहाँहरूको माग सम्बोधन भएन’, सिंहले नेपाल लाइभसँग भने, ‘प्रधानमन्त्रीसँग समय लिएको छु। राजीनामा बुझाउन बालुवाटार जाँदैछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।