काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार बसेको स्थायी समितिको बैठकले साउन २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकका अजेण्डाहरु तय गर्न साउन १७ गते स्थायी समितिको बैठक बोलाउने निर्णय भएको पनि जानकारी दिए।
बुधबारको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनका शक्तिहरुसँग छलफल गर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए।
'हामीले जुन प्रवृतिका विरुद्धमा संघर्ष गर्यौं, त्यो हामीमा कुनै पनि ढंगबाट देखिनुहुँदैन भन्ने कुरामा सबै जनाको जोड रह्यो,' श्रेष्ठले भने, 'त्यसको निम्ति गठबन्धन सरकारलाई न्युनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा प्राथमिकताका कार्यक्रमहरु, प्रतिबद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ र त्यसै अनुसार कार्यदलका साथीहरुलाई निर्देशन दिइएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।