काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन्।
रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए।
रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।
बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।