Photo : AP
काठमाडाैं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा अर्बपति थोमस जे ब्यरेक पक्राउ परेका छन्।
विदेशी सरकारको एजेन्टका रुपमा प्रस्तुत भएको अभियोगमा ७४ वर्षीय ब्यरेकलाई मंगलबार लस एन्जलसबाट पक्राउ गरिएकाे हाे।
लगानी फर्मका संस्थाक ब्यरेकले ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय चुनावमा प्रमुख सल्लाहकारको रुपमा सहयोग गरेका थिए।
यस्तै, उनी ट्रम्पको चुनावी अभियानका लागि आर्थिक सहयोग गर्ने तथा जुटाउने प्रमुख पात्र मनिन्छ।
ट्रम्पको चुनावी अभियान र त्यसपछि संयुक्त अरब इमिरेड्सको तर्फबाट उनीहरुको हितको पक्षमा वकालत गरेको आरोप थोमसमाथि छ।
प्रहरीका अनुसार युएईका ४ अधिकारीहरूले ब्यारेक र उनका सहयोगीहरूलाई मिडियाका माध्यमबाट जनमतलाई प्रभाव पार्ने काम गर्न उक्साएका थिए।
उनलाई मंगलाबार दिउँसाै नै संघीय अदालतमा उपस्थित गराइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।