काठमाडौं- रूसी राष्ट्रपति भ्लादमिर पुटिनले एक नयाँ फाइटर विमानको मोडल सार्वजनिक गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार यो पाँचौं पुस्ताको फाइटर जेट हो, जसलाई एक एयर शोमा पेश गरिएको थियो।
यो युद्धक विमानलाई ‘चेकमेट’ नाम दिइएको छ। जसले सन् २०२३ सम्ममा उडान भर्ने आशा गरिएको छ।
यूनाइटेड एयरक्राफ्ट कर्पोरेशनका प्रमुख यूरी स्लाइयूसरले पत्रकारसँग बताए अनुसार आगामी १५ वर्षमा यस्ता ३ सय फाइटर जेट बनाउने योजना छ।
यसलाई अमेरिकाको सबैभन्दा आधुनिक एफ-३५ विमानको जवाफको रुपमा देखिएको बीबीसीले जनाएको छ।
रूसको सरकारी एयरस्पेस र डिफेन्स कम्पनी रूस्टेकले शत्रुलाई यो विमान खोज्न सहज नभएको र यसलाई चलाउने(अपरेटिक) रकम पनि कम हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।