काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवसँग राजदूत क्यापेलरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउँसो भेटवार्ता गरेकी हुन्।
भेटमा नेपाल- स्विट्जरल्याण्ड सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको यादवको सचिवालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।