काठमाडाैं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला अलराउण्डर भर्सटायल व्यक्ति भएको बताएका छन्।
३९ औं वीपी स्मृति दिवसमा अवसरमा आयाेजना गरिएकाे भर्चुअल संवादमा उनले वीपीलाई समाजवादी व्याख्याताको संज्ञा दिए।
‘उहाँको क्षमता भनी साध्य छैन।वीपीको भाषणले कांग्रेसलाई प्रेरणा मिलेको छ,’ उनले भने, ‘सानो देशको ठूलो मान्छे मैले भन्ने गरेको छु। उहाँको विचार बुझाउन सक्यौं भने हाम्रो पार्टी अझै सशक्त बन्नसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।