काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । समसामयिक राजनीतिक अवस्था तथा पार्टीबाट मन्त्री हुनेको नाम तय गर्न बुधबार बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ। बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।
यस्तै बैठकले पार्टीका तर्फबाट मन्त्री बनाउने व्यक्तिको नाममा पनि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।