काठमाडाैं– भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रमा १२ जनाकाे मृत्यु भएकाे छ। बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका हुन्।
बाढीका कारण उक्त सहरमा सडक यातायात, रेलवे स्टेशन र हवाई सेवा बन्द भएकाे बताइएकाे छ। यस्तै, स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाे छ।
यता, अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
माैसम विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम तीव्र बनाएको छ।
त्यसैकारण करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरिएकाे छ। हेनान प्रान्तमा सडक यातायात तथा हवाई सेवा बन्द भएका गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।