काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार पक्षका सांसदहरूले कानुनले मिलेसम्म नयाँ पार्टी बनाएर जान सुझाएका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला भएका नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई नयाँ पार्टी निर्माण गरेर अघि बढ्न सुझाएका हुन्
भेलामा सहभागी सांसद मेटमणि चाैधरीले ओलीजस्तो शासकले एमालेलाई सग्लो बनाउन नसक्ने भएकाले कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव सहभागीहरूले दिएको बताए।
'यदि कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव आएको छ। कानुन र संविधानले दियो भने हामी त्यतातिर जान्छौं। हामी वकिलहरुसँग पनि छलफल गर्छौं', चाैधरीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।