काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीबाट कोही नेता बाहिरिएको अवस्थामा पर्ने असरबारे समीक्षा भएको छ।
आन्तरिक विववाद विभाजनको स्तरमा पुगेका बेला मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका नेताहरु बाहिरिए (पार्टी विभाजन भए) कस्तो असर पर्छ भनेर प्रदेश अध्यक्षहरुको ब्रिफिङसहित समीक्षा भएको हो।
मंगलबारको बैठक सकिएपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश कमिटीका अध्यक्षहरुको रिपोर्ट सुनेको जानकारी दिए।
'भोलि पार्टीबाट केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्छ, निर्वाचनमा कस्तो असर पर्छ भनेर पनि सुझाव लिएको छ बैठकले। प्रदेश अध्यक्षहरुले त्यसबारे बोल्नुभो,' ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।