• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गगन थापासहित १० नेताको वक्तव्य– समायोजनका नाममा पार्टी संरचना कब्जा गर्न खोजियो

64x64
नेपाल लाइभ मंगलबार, साउन ५, २०७८  १८:४२
1140x725

काठमाडौं- गगन थापासहितका नेपाली कांग्रेसका १० जना नेताहरूले समायोजनका नाममा पार्टी संरचना कब्जा गर्न खोजिएको बताएका छन्। उनीहरूले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले अहिले पार्टीको मर्ममाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्। 

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीलाई बलियो नबनाउने उल्लेख गरेका छन्।

'हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ। नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो। तर, एकैचोटी  पुराना साथीहरुको विस्थापन हुने गरि जथाभावी गर्नु हुँदैन। यसको हामीले सदैव ख्याल गर्नु पर्दछ', विज्ञप्तिमा भनिएको छ, 'तसर्थ नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरूको विधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ।'

महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यहरुको विवादले निर्धारित समयमा महाधिवेशन हुनेमा संशय बढाएको उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

'हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ। यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन। पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय विपरीत गरिने कार्यले कसैको भलो गर्दैन', विज्ञप्तिमा भनिएको छ, 'प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको क्रियाशील सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन्। कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ। आज क्रियाशील सदस्य सम्बन्धी विवाद पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ। यो गम्भीर विषय हो।'

कांग्रेसका नेताहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गरुङ,  कमला पन्त,  रत्ना शेरचन, बद्री पाण्डे,  गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गरेका हुन्। 

यस्तो छ उनीहरूको वक्तव्य :

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। महाधिवेशनको तयारी कै दौरानमा राष्ट्रिय राजनीतिको बागडोर समेत कांग्रेस कै काँधमा आईपरेको छ। गत आमनिर्वाचनबाट फराकिलो बहुमत सहित सत्तारूढ भएको नेकपाको अन्तरकलह र जनबिरोधी अलोकतान्त्रिक गतिविधिको परिणामस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिपक्षी गठबन्धनको नेतृत्व गरि सरकारको समेत नेतृत्व गर्नु पर्ने विशेष परिस्थिति निर्माण भई हाल कांग्रेस नेतृत्वको सरकार गठन भई बिश्वासको मत समेत प्राप्त भईसकेको छ। यसले नेपाली कांग्रेसलाई नेपाली राजनीतिको मियो र मुल अभिभावकको रुपमा पुनःस्थापित गरिसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

समय र परिस्थितिले पार्टीको काँधमा आएको राष्ट्रिय अभिभारा पुरा गर्नु अहिलेको कांग्रेसको प्रमुख कर्तव्य पनि हो। बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व समेत हो।

राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नैं नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नु पर्छ। साथै धर्ना, अनसन र आमरण अनसनस बस्नु पर्ने बाध्यताको सधैका लागि अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ। 

इतिबेला चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले हाम्रो ध्यान तानेको छ। मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ। हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ। यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन। पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन। प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन्। कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ। आज कृयाशिल सदस्य सम्बन्धि बिवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ। यो गम्भीर बिषय हो। विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन।

समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ। र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ। यसलाई तुरुन्त रोक्नु पर्दछ। हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ। नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो। तर एकैचोटी  पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन। यसको हामीले सदैव ख्याल गर्नु पर्दछ। तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ।

१. डा.चन्द्र भण्डारी
२. धनराज गरुङ
३. कमला पन्त
४. रत्ना शेरचन
५. गगन  थापा
६. बद्री पाण्डे
७. गुरुराज घिमिरे
८. सरिता प्रसाईं
९. रामकृष्ण यादव
१०. किरण यादव

२०७८ साउन ५ गते मंगलबार। 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
सम्बन्धित सामग्री
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किन... शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले... शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् का... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्