काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका छन्।
भेट्न देउवा साँझ ५ बजे खुमलटार पुगेका हुन्। यसअघि मंगलबार दिउँसो भने प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवालाई भेट्न दिउँसो प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
साँझ भने देउवा प्रचण्डपत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका हुन्। सीताको अवस्था बुझ्न र 'पारिवारिक माहोलमा कुराकानी गर्न' देउवा खुमलटार पुगेका प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।
'सीएम (अध्यक्ष प्रचण्ड)संग त प्रधानमन्त्री ज्यूको नियमित भेटवार्ता हुँदै आएको छ। सीता म्याडमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ज्यू आज खुमलटार आउनुभएको छ,' प्रचण्डको सचिवालयका सदस्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।