काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ। बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबार सुरु भएको थियो। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आजकाे बैठकले उनीहरुमाथि कारबाहीकाे प्रक्रिया अघि बढाउने जनाइएकाे छ।
तर, सांसदहरुले स्पष्टीकरण दिएका छैनन्। प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन्।
एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले आजको बैठकपछि स्पष्टीकरणको पत्र पठाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।