काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रमुख सचेतकमा मीन विश्वकर्मालाई जिम्मेवारी दिने तयारी गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट विश्वकर्मालाई संसद्को महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको हो। प्रमुख सचेतकका रुपमा रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेपछि रिक्त स्थानमा विश्वकर्मालाई जिम्मेवारी दिन लागिएको हो।
महाधिवेशन केन्द्रित रहेर संस्थापन पक्षले नेताहरूको व्यवस्थापन गरिरहेको छ। महामन्त्रीको दाबी गर्ने दुई नेतालाई देउवाले मन्त्री बनाइसकेका छन्। विश्वकर्मालाई संसदीय भूमिकामा खटाउने तयारी भएको देउवानिकट एक नेताले बताए।
विश्वकर्मा समानुपातिक सांसद हुन्। उनी नेपाल दलित संघको अध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।