काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बस्ने भएको छ।
नेता नेपालपक्षका सांसदहरुको बैठक मंगलबार दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा बस्न लागेको हो। नेपाल पक्षका सांसद मेटमणि चौधरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए।
सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर नेपाल पक्षले भने स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।
आजै विहान नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।