काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ।
मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्तापछि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच पूर्ववर्ती ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने सहमति भएको हो।
'ओली सरकारले जेठ ८ पछि गरेका नियुक्ति खारेज गर्ने विषयमा सहमति भएको छ' बालुवाटार निकट स्रोतले भन्यो।
जेठ ७ गते मध्यरातमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। जसलाई सर्वोच्च अदालतले उल्ट्याइदिँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।