काठमाडौं- अमेरिका, बेलायत र यूरोपियन संघले चीनमाथि एक ठूलो साइबर हमला गरेको आरोप लगाएको छ।
यस हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्वरमाथि गरिएको थियो जसका कारण विश्वभर कम्तिमा पनि ३० हजार सर्वर प्रभावित भएको थियो।
बेलायतले यस हमलाका लागि चिनियाँ सरकार समर्थित पक्षलाई जिम्मेवार ठहर गरेको छ। उता यूरोपियन युनियनले भने उक्त हमला "चिनियाँ क्षेत्र" बाट गरिएको थियो।
चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीमाथि पनि व्यापक जासूसी गतिविधि लाई निष्कर्षमा पुर्याउने एवं "दुस्साहस भरिएको कृत्य" गरेको आरोप लगाएको छ।
चीनले यसअघि पनि ह्याकिङको आरोपलाई नकार्दै आएको छ र उले सबै खालको साइबर अपराधको विरुद्धमा रहेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।